कञ्चनपुर: राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा प्रेम रावल चयन भएका छन ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा रावल चयन भएका हुन । सोमबार रावलको अध्यक्षमा ५० सदस्यीय इकाई कमिटी विस्तार भएको छ । उपाध्यक्ष शुभम चन्द, राम जोशी, सचिव धर्मेन्द्र महता चयन भएका छन ।

प्रजातान्त्रिक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालय इकाई अध्यक्षमा रावल सहितका पदाधिकारी एव सदस्यहरुलाई राप्रपा बरिष्ठ नेता डा. प्रकासचन्द्र लोहनी सहितका राप्रपाका नेताहरुले बधार्ई तथा शुभकामना ज्ञापन गरेका छन ।







