अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बढाउन हिन्दुराज्य आवस्यक


धिरेन्द्र भट्ट /कंचनपुर : डा.प्रकाशचन्द्र लोहनी राप्रपा नेपालका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचानको निम्ति भएपनि नेपाललाई हिन्दुराज्य घोषणा गर्नु आवस्यक रहेको बताउनुभयो। सोमबार मिडिया नेपाल कंचनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लोहनीले ८० % भन्दा बढि हिन्दु बाहुल्यता रहेको राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र घोषित गरिनु हाम्रो पहिचान बिरुद्ध रहेको बताउनुभयो।

उनले गठबन्धनतिर संकेत गर्दै बर्तमान गठबन्धन सरकारले देश आर्थिक संकटको भुमरीमा फसिरहेको बेला समेत सरकारले निर्णायक भुमिका खेल्न चुकिरहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा लोहनिले अहिलेको राप्रपा पहिले भन्दा सुदृढ र जनतामा राप्रपा प्रती बिश्वास बढेको जनाए। ‘राप्रपाको प्रमुख एजेन्डा हिन्दुराज्य सहितको राजसंस्था पुनर्स्थापना अहिले राप्रपा नेपाल को मात्रै मुख्य एजेन्डा रहेन यो सम्पुर्ण नेपाली नागरिकहरुको आवाज र आवस्यकता बनी सकेको छ’ लोहनीले बताउनुभयो। आफू राष्ट्रको विरुद्धमा नभई राष्ट्रियतामा बाधक साबित भइरहेको संघीयता खारेजीको विरुद्धमा रहेको र राप्रपा ले आफ्नो अडान पूरा नभएसम्म निरन्तर जारी राखिराख्ने समेत उनले उल्लेख गर्नुभएको।


Loading Viewer...

ताजा समाचार

spot_img