धिरेन्द्र भट्ट/महेन्द्रनगर : महेन्द्रनगरको खुल्लामञ्चमा बैशाख ५ गतेदेखि ५ दिने यो सिविर संचालन हुने भएको छ। आज आइतबार खुलामञ्चमा पतंजली योग समिति कंचनपुरले आयोजना गर्ने योग सिविर कार्यक्रमको पूर्वसन्ध्या कार्यक्रममा मन्तव्य दिदै योग गुरु लबराज भट्टले बैशाख ५ गतेदेखि खुलामञ्चमा बिहान ५ देखि ७ बजेसम्म सिविर संचालन हुने बताउनुभयो। उक्त कार्यक्रम २ घण्टा सम्म चल्नेछ, साथै सम्पुर्ण भिमदत्त नगरबासी तथा इच्छुक सम्पुर्णमा मानिसहरुमा योग शिविरको लाभ उठाउन अनुरोध गर्नुभयो।
कयौं युवाहरू अहिले लागू पदार्थको दुर्ब्यसनीमा फसिरहेका छन, यसले आउने युवा पिढी समेत अस्वस्थ र समाज कुलत जस्ता बिकृतीतर्फ बढिरहेको बेला हामिले आयोजना गर्न लागेको सिविरमा युवा मात्रै नभई हरेक उमेर समुहका मानिस यसमा सम्मिलित हुनेछन आफू स्वस्थ भइ अरुहरुमा समेत जनचेतना जगाउने छन, भट्टले बिश्वास दिलाउनुभयो। साथै उक्त सिविरमा महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक बाट नि:सुल्क स्वास्थ परीक्षण समेत गराइने भट्टले जानकारी दिनुभयो। उक्त सिविरको समापन बैशाख १० गते हुनेछ, यसले सबैमा उत्सुकता र समाजमा ब्यक्तिगत स्वास्थ सम्बन्धि सकारात्मक संदेश प्रबाह हुने पतंजली जिल्ला कार्यसमिति कंचनपुरका सदस्यहरुले ब्यक्तिगत मन्तव्य राख्दै बताउनुभयो।






