दोधारा । मानव बेचबिखन बिरुद्धमा कार्यरत क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरको टोली भारतको नयी दिल्ली पुगेको छ् । नयाँ वर्षको अवसरमा दिल्लीमा रहेको माईती नेपालको शाखा कार्यालयमा हिजो मात्रै पुगेको माईती नेपाल (भारत) का प्रमुख मेहश्वरी भट्टले सामाजिक संजालमा तस्बिर पोष्ट गरेका छन् । माईती नेपाल कञ्चनपुको टोलीले दिल्ली पुगेर एक आपसमा मानव बेचबिखन बिरुद्धको अनुभव साटा साटा तथा समन्वय गर्ने छन् । भ्रमण पश्चात मानव तस्कर रोक्न ठुलो सहयोग पुग्ने टोलीले बिश्वास लिएको छ् । माईती नेपालले नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको छ् । यस्तै भारतको राजधानी नयी दिल्लीमा समेत शाखा कार्यालय स्थापना गरि मानव बेचबिखन नियन्क्रणमा त्रियाशिल देखिदै आएको बताईएको छ् ।








