राज्यमन्त्री सुनारद्वारा उद्योगमन्त्री बडूलाई दोधाराचाँदनीमा सुख्खा बन्दगाहको काम अघि बढाउन ज्ञापन


कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीराज्यमन्त्री एव कञ्चनपुरमा माओवादी नेता मान बहादुर सुनारले सुख्खा बन्दगाहको काम अघि बढाउन संघीय सरकारलाई ज्ञापन पत्र बुझाएका छन । बुधबार राज्यमन्त्री सुनारले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रशाद बडूलाई कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह र एकिृकत जाँचचौकी निर्माणको कार्य अघि बढाउन ज्ञापन पत्र सहित ध्यानाकर्षण गराएको छ ।

राज्यमन्त्री सुनारको गृहनगर समेत रहेको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि उनले समेत पटक पटक प्रयास गर्दै आएका छन । राज्यमन्त्री सुनारले बुझाएको ज्ञापन पत्र बुझ्दै उद्योगमन्त्री बडूले आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन । तत्तकालिन प्रधानमन्त्री एव माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले समेत दोधाराचाँदनी सुख्खा बन्दरगाह निर्माणस्थलको स्थलगत अवलोकन गर्दै पुर्वपश्चिम रेल सहित यथाशिघ्र अघि बढाउन मातहतका निकायलाई काम अघि बढाउन निर्देशन दिएका थिए ।


ताजा समाचार

spot_img