धिरेन्द्र भट्ट/कंचनपुर: नेपाल शिक्षक संगठन कंचनपुरले महाकाली प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल बितरण गरेको छ। मङ्गलबार नेपाल शिक्षक संगठन कंचनपुरले ४३ औ शिक्षक स्थापना दिवसको समापनको अवसर पार्दै महाकाली प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल सहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दै कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।


उक्त कार्यक्रममा एनएनटिए प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष दामोदर भट्ट, पुर्ब केन्द्रिय समिति महिला उपाध्यक्ष चन्द्रकला पन्त, पुर्व राष्ट्रिय महाधिवेशन प्रतिनिधि एवम् पुर्व जिल्ला उपाध्यक्ष हरिप्रसाद जोशी, महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट, नि.मे.सु डा.अर्जुन भट्ट, जिल्ला महिला उपाध्यक्ष भुवनेश्वरी रावल तथा सचीव, कोषाध्यक्ष, सदस्य सहित नगर समिति सचीव दिवाकर जोशी लगायतको उपस्थिति रहेको थियो।


संगठनले जनरल वार्ड, क्याबिन, एचडिय र आईसियुमा उपचाररत प्रादेशिक अस्पतालका ५५ जना बिरामीहरुलाई फलफुल बितरण सहित शिघ्र स्वास्थ्यलाभको काममा गर्दै कार्यक्रमको समापन गरिएको नेपाल शिक्षक संगठनका सचीव उत्तम बिष्टले जानकारी दिए।







