धिरेन्द्र भट्ट/कञ्चनपुर : नेकपा एमालेका सचिब योगेश भट्टराईले केही मानिसकरुका सन्किपनले देशको नितिहरु भाँडिएको आक्षेप लगाएका छन्। सोमबार काठमाडौमा चैत्र २७ गतेबाट सुरुभएको बैज्ञानिकहरुको आठौं सम्मेलनमा बोल्दै भट्टराईले भनेका छन,’ आज हामिसङ्ग बिदेशी मुद्राको संचिति छैन घटी राख्या छ र चिन्ता ब्यक्त गरिरहेका छौ किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौ। यो मात्रै हैन आज शिक्षा र स्वास्थ्यमा भएको नियोजनको कारणले हाम्रा कतिपय विद्यार्थीहरु बिदेश पढ्न पलायन भइरहेका छन’।

कार्यक्रममा बोल्दै भट्टराईले भने हामिलाई कति जनशक्ति चाहिन्छ त्यसको एउटा टेन्टेटिभ खाका हुन्छ त्यसमा ध्यानदिन सरकारको ध्यानाकर्षण गराए। आम जनसंख्या र जनशक्ति जोड्ने दृश्य ठिक ठाउमा छ कि छैन भन्दै यसमा सरकारको ध्यान जान अति आवस्यक रहेको समेत भट्टराईले बताए। ‘नेपालको स्टेटिजिक वोल्ड जुन २०३० सम्मको लक्ष्य छ २०१५ देखि हामीले काम गरि आउदा झन्डै ७ बर्ष भएको छ र अब ८ बर्ष मात्र बाकीरहेकोले त्यसमा हामी कहाँ छौ’, भट्टराईले भन्नुभयो। छोटो सम्बोधन गर्दै भट्टराईले देशको अर्थतन्त्र टाट पल्टने अवस्थामा नपुगोस भनी अर्थमन्त्री तथा बर्तमान सरकारलाई सचेत रहन समेत आह्वान गर्नुभयो, ‘कुनैपनी उमेर समुहका र कुनैपनी मानिसहरू स्वास्थ्यको आधारभुत सेवाबाट बन्चित हुनुहुदैन र मलाई लाग्छ स्टेटेजिक वोल्डको १ नम्बरमा त्यहीँ पर्छ, उनले भने।







