महिला नेतृ लक्ष्मी भट्ट एमालेबाट बेलडाँडी उपप्रमुखको दौडमा


कञ्चनपुर: आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा उपप्रमुखका लागि एमालेबाट महिला नेतृ लक्ष्मी भट्ट आँकाक्षी देखिएकी छिन । एमाले बेलडाँडीले प्रमुख उप प्रमुखका आँकाक्षी छनौट अन्र्तरगत एमाले कञ्चनपुर जिल्ला सदस्य समेत रहेकी भट्ट उपप्रमुखको दाबेदार देखिएकी हुन ।

कञ्चनपुर एमाले ८ औँ जिल्ला अधिवेशनबाट निर्वाचित रहेकी भट्ट ०७४ को स्थानीय तह निर्वाचनमा बेलडाँडी १बाट वडा सदस्यमा निर्वाचित भएकी थिईन । शिक्षण पेशा गर्ने सोच बनाएकी भट्टले नेपाली विषयमा स्नातक अध्ययन गरेकी छिन । उनी शिक्षित महिला एमाले नेतृ मध्ये कञ्चनपुरमै राम्रो स्थानमा पर्छिन । भट्टले उपप्रमुखमा उम्मेदवारी दिने आँकाक्षा देखाएपछि एमाले मात्र होईन अन्य पार्टी र सर्वसाधारण महिला समेत उत्साहित भएका छन । उच्च शिक्षा अध्ययन गरेकी लगनशिल, ईमान्दार जनप्रतिनिधीको खाँचो रहेको भन्दै लक्ष्मी जस्ता पढेलेखेकालाई सबै पार्टीले उम्मेबार बनाउनुपर्नेमा जोडदिएका छन ।

वडा सदस्य हुदा समेत महिला सहित आम जनमासमा लोकप्रियता कमाएकी लक्ष्मीलाई टिकट दिनुपर्ने एमाले बेलडाँडीका नेताह?को भनाई छ । ‘लक्ष्मी भट्ट जस्ता शिक्षित क्षमतावान, ईमान्दार पार्टी र जनताका लागि काम गर्ने नेतृलाई पार्टीले अवश्य मुल्याङकन गर्छ, ‘एमाले बेलडाँडीका एक नेताले भने, ‘हामीले पनि उच्च शिक्षा हासिल गरेका ईमान्दार जनपक्षीय नेता कार्यकर्तालाई माथिल्ला कमिटिमा सिफारिस गछौँ ।’


ताजा समाचार

spot_img