दुई बर्षपछि सीमावर्ती नेपाली बजारमा पुर्णागिरी मेलाको चहलपहल


कञ्चनपुर : कोरोना महामारीका कारण दुई बर्ष लगातार हुन नसकेको पुर्णागिरी मेला अहिले तेस्रो बर्ष संचालन भएको छ । हरेक बर्ष फागु पुर्णिमादेखि औसीसम्म संचालन हुने पुर्णागिरी मेला नेपाल–भारत दुवै स्थानमा संचालन हुन्छ । महाकाली पारी भारतको उत्तराखण्ड चम्पावत र वारी नेपाल कञ्चनपुरको ब्रम्हदेब र महेन्द्रनगरमा एकसाथ मेला संचालन हुँदै आएको छ । दक्षिण एसियाका दुई देश (नेपाल भारत) का धार्मिक पिठमा फागु पुर्णीमादेखि एकसाथ उत्तरायणी एव (पुर्णगिरी) मेला विगतदेखि संचालन हुँदै आएको कोरोना महामारीका कारण दुई बर्ष लगातार मेला संचालन हुन नसकेको थिएन । देश फरक धर्म संस्कृति र आस्था एउटै भएकाले यसलाई विषेश महत्व रहेको छ । ०७६ र ०७७ सालमा कोरोना महामारीका कारण पुर्णागिरी मेला सचालन हुन सकेको थिएन । कोरोना न्यूनिकरण हुँदै गएपछि यस बर्ष चैत्र पहिलो सातादेखि पुर्णागिरी मेला संचालन भएको छ । भारतको पुर्णागिरी मन्दिरमा दर्शन गरेपछि नेपालको सिद्धनाथ, सिद्धबाबा मन्दिरमा र्दशन गरेपछि मात्रै मनोकामना पुरा हुने धार्मिक मान्यता रहेको छ ।

अहिले नवरात्र भएकाले कञ्चनपुरको सीमावर्ती ब्रम्हदेब र महेन्द्रनगर बजारमा दर्शनार्थीको घुईचो लागेको छ । पुर्णागिरी मेला संचालन हुन नसक्दा दुई बर्षदेखि ब्यापार व्यवसाय ठप्प भएको बम्ह्रदेब बजार अहिले पुरानै लयमा फर्किरहेको छ । ब्रम्हदेब बजार व्यवस्थापन समितिका अध्यक्ष मोहन देव पन्तले कोरोना महामारी भन्दा अहिले ब्रम्हदेब बजारमा निकै चहल पहल बढेको बताए । ‘दुई बर्ष लगातार कोरोनाले बजार बन्द मात्र होईन ठप्प भएको थियो, ‘अध्यक्ष पन्तले भने, ‘अहिले दर्शीनार्थीको भिडले बजारमा चहलपहल बढेको छ ।’ दर्शीनार्थीको रोजाई होटलका नास्ता खाजा, खाना, चाईनेजी समान र खेलौना गरेको अध्यक्ष पन्तले बताए । ‘विगतका बर्षहरु जस्तो नेपालबाट भारतीय उपभोक्ताले चाईनेजी समान उपभोग गदैनन, ‘अध्यक्ष पन्तले भने, ‘अहिले भारतमै चाईनेजी समान पाईने भएकाले थोरै उपभोक्ताले मात्रै उपभोग गर्दछ ।’ अध्यक्ष पन्तले चाईनेजी छाता, टर्च मखमली कपडा खेलौना समाग्री पुर्णागिरीका दर्शनार्थीले खरिद गर्दै आएको बताए । सीमाबर्ती ब्रम्हदेब बजार सहित दर्शीनाथीले महेन्द्रनगर बजार सहितका आसपारका बजार क्षेत्रमा समेत चहल पहल बढेको छ । जताजतै दशनार्थीले चहल पहल बढेको छ । महेन्द्रनगरका होटल व्यवसायी देवराज भट्टले विगत दुई बर्ष कोरोना महामारीको समयमा पुर्णागिरीका दर्शनार्थी नआएका कारण महेन्द्रनगर बजार केही सुनसान भएपनि अहिले चहलपहल बढेको बताए । उनले विगतको जस्तो दर्शनार्थीले होटल चाईनेजी समानको कमै रोजाई गरिरहेको उनले बताए । पुर्णागिरी मेलाका कारण यातायात व्यवसायीलाई समेत सहजै यात्रु पार्ईन्छन ।

अटो, मिनी जिपकार एव बसका संचालकले पुर्णागिरीका दर्शनार्थीलाई ओर्सान भ्याईनभ्याईछ । सीमावर्ती बनबासा, टनकपुरदेखि नेपालका मन्दिरमा पुर्णागिरी मन्दिरमा यात्रु ओसार्न काम पाएका छन । अटो व्यवसायी मदन सुनारले विगत दुई बर्ष कोरोनाले लगातार मेला संचालन हुन नसक्दा यात्रु खोज्नुपर्ने बाध्यता रहेको बताए । ‘अहिले पुर्णागिरीका यात्रु ओर्सान हामीलाई भ्याई नभ्याई भएको छ, ‘उनले भने, ‘यसरी बर्षभरी यात्रु पाए हाम्रो राम्रो आम्दानी हुन्थ्यो ।’ तीन महिना संचालन हुने धार्मिक मेलालाई पर्यटकिय दृष्ट्रिकोणका साथै आर्थिक हिसाबले समेत विकसित गराउनुपर्ने सरोकारवालाको भनाई छ ।सुदूरपश्चिम विश्वविद्यालय स्नाकोत्तर अर्थशास्त्रका विद्यार्थी उर्वादत्त जोशीले कोरोना महामारीका कारण नेपालको अर्थतन्त्र समेत प्रभावित भईरहेका बेला पुर्णागिरी मेलालाई आर्थिक विकाससंग जोड्नुपर्ने बताउँछन । अर्थशास्त्रका विद्यार्थी जोशीले पुृर्णागिरी मेलाका लागि कञ्चनपुर(नेपाल) आउने दर्शनार्थीलाई अन्य पर्यटकिय क्षेत्रमा समेत पु¥याउने वातावरण सृजना गर्नुपर्ने बताए ।

‘नेपालमा आउने धार्मिक पर्यटकलाई सीमा क्षेत्रदेखि मन्दिरसम्म राम्रो व्यवहार र सुविधा दिलाउनुपर्छ, ‘उनले भने, ‘धार्मिक पर्यटकलाई थप सुविधान दिनुपर्छ, यसबाट सबै क्षेत्रले रोजगारी पाउँछन ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले पुर्णागिरी मेलालाई लक्षित गरेर सरकारी र निजी क्षेत्रले कार्यक्रम ल्याउनुपर्ने बताए । ‘पुर्णागिरीका दर्शनार्थीले नेपाली बजारमा उपभोग गर्ने बस्तु तथा सेवाले धेरै ठुलो अर्थतन्त्रमा प्रभाव पार्दैन, ‘उनले भने, ‘व्यवसायीको कारोबार बृद्धि मात्रै हो, जबसम्म हामीले आफ्नै बस्तु उत्पादन गरेर निर्यात गर्न सकिदैन, तबसम्म अर्थतन्त्रमा ठुलो प्रभाव पार्दैन ।’भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले धार्मिक पर्यटकिय क्षेत्रको भौतिक विकासका गर्ने बचनदिए । मेयर विष्टले दर्शनार्थीलाई राम्रो स्वागत गर्न आग्रह गरे । उनले दुवै देश फरक भएपनि धर्म, संस्कृतिबाट एकै भएको बताए । उनले यस क्षेत्रमा थुप्रै धार्मिक पर्यटकिय गन्तव्य रहेको बताउदै धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिका तर्फबाट आवश्यक बजेट दिने आवश्वासन दिए । पुर्णागिरी मेलाकै कारण महेन्द्रनगर र ब्रम्हदेब बजारको कारोबार समेत बृद्धि हुने बताउदै उनले मेलालाई थप व्यवस्थित गर्नुपर्ने बताए ।


ताजा समाचार

spot_img