कञ्चनपुर: नेकपा एकीकृकत समाजवादीका केन्द्र सदस्य तथा पुर्वराज्यमन्त्री प्रकास बहादुर रावल आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका छन । कञ्चनपुर क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित रावल सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामला मन्त्रीमा नियुक्त भएका हुन । आर्थिक मामला मन्त्रीमा नियुक्त भएका रावलका स्वकीय सचिव ईन्द्र सिह ठगुन्नाले मन्त्री रावल सहितका मन्त्रीले पदभार तथा सपथ ग्रहण गरेको बताए । समाजवादी कञ्चनपुरका सह इन्चार्ज समेत रहेका रावल यस अघि राज्यमन्त्री थिए ।

यस अघि राज्यमन्त्री सहितको अनुभवलाई लिएर थप प्रदेशको आर्थिक विकास गर्ने रावलको प्रतिबद्धता रहेको उनका स्वकीय सचिव ईन्द्र ठगुन्नाले बताए । रावलसंगै समाजवादीका तर्फबाट निर्वाचन क्षेत्र १(ख)बाट निर्वाचित प्रदेश सभा सदस्य कुलबिर चौधरी राज्यमन्त्रीमा नियुक्त भएका छन । चौधरी भौतिक पुर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका छन । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले काँग्रेसलाई सहभागि गराएको थियो । काँग्रेसका तर्फबाट आन्तरिक मामलामन्त्रीमा डा. रण बहादुर रावल, समाजिक विकासमन्त्री गणेश बहादुर बोहरा र राज्यमन्त्री टिका रैका नियुक्त भएका छन । यस अघि समाजवादीबाट तारालामा तामाङ्ग, लाल ब. खडका मन्त्री थिए । कञ्चनपुरबाट चारै जना प्रदेश सभा सदस्यले प्रदेश सरकारको मन्त्रीको जिम्मेबारी पाएका छन ।

