पदमा अस्पतालमा तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउन माग


महेन्द्रनगर :  गत शनिवार गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएपछि स्थानीयले पदमा अस्पतालमा गरिएको तोडफोड गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ । कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालमा तोडफोड गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको हो ।

बिहीबार निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युस सुदुरपश्चिमले अस्पताल तोडफोडको घटनामा संलग्नलाई कारवाही गर्न प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाइएको छ । घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दै एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएको हो ।

गत शनिवार गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडका कारण करिब ८० लाख रुपैयाँको क्षति भएको अस्पतालले जनाएको छ ।


ताजा समाचार

spot_img