धिरेन्द्र भट्ट/ कञ्चनपुर : “रसिया र युक्रेन युद्धले नेपाली अर्थतन्त्र नियन्त्रण भन्दा बाहिर नगएको” नेपाली रास्ट्र बैंककका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले रसिया र युक्रेन बिचको युद्दका कारण विश्व बजार प्रभावित भैरहेको बेला नेपाली अर्थतन्त्र भयावह को अवस्थामा नपुगेको स्पस्टी दिएका छन। आज बिहिवार रिपोटर्स क्लब नेपालले गरेको कार्यक्रममा बोल्दै डा.भट्टले भने,’ रसिया युक्रेन द्वन्द्वले मुलतः ३ वटा छेत्र मेनुफेक्चरिङ को लागि कच्चा पदार्थको उपलब्ध, आपूर्ति र उत्पादनमा समस्या भइरहेको छ’।

उनले भने कच्चा पदार्थको क्वान्टिटी र परिमाणमा धेरै ठूलो असर नभएपनी कार उत्पादन जस्ता बस्तुहरुको उत्पादनका लागि चाहिने रअ मेटेरियल हरुको आपूर्तिमा अनिश्चितता बढेको स्पष्ट गराए। क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै डा.भट्टले कोभिड१९ को असरस्वरुप विश्व अर्थतन्त्र रिकोभरिको पाथमा गइरहेको बेला फेरि कतै असरपर्छ कि भन्ने हिन्ता बढेको स्पष्ट गराए। हाम्रो अर्थतन्त्र पनि केही दबाबमा छौ तर श्रीलंका, पाकिस्तान जस्ता मुलुकहरु बिदेशी बिनिमयको ठुलो दबाबमा छन, विश्वमा जेजति घटनाक्रम भइरहेका छन यसले त्यसले अर्थतन्त्रलाई चलाउने कुरामा चुनौती थपेको छ र यसको ब्यवस्थापन अत्यन्तै संबेदनसिल भएको उनले बताए।

क्लबले आयोजना गरेको साक्षत्कारमा पत्रकारहरुले गरेका प्रश्नको जवाफ दिदै उनले भने,’ पछिल्लो ४ महिनामा ८ लाख नेपालीरु वैदेशिक रोजगारीको निमित्त बाहिर गएकाले त्यो एउटा रिमिट्यान्स को आधार पक्कै भएको र भोलिको दिनहरूमा रेमिट्यान्स नघट्ने संकेत हो, युरोप र अमेरिकामा तथा मिडल इस्टमा आर्थिक गतिविधि बिस्तार भइरहेकोले यसले भोलिका दिनहरूमा रेमिटान्स धेरै प्रभावित नहुने संकेत गरिरहेको छ। उनले गतबर्सको तुलनामा हेर्दाखेरी बैंककको ब्याजदर केही माथी गैरहेको स्पष्ट गराए।

उनले भने,’ २०७६ चैत अगाडिको हेर्नुहुन्छ भने वेइटेद एभरेज लेण्डीङ रेट करिब १२% भन्दा माथी रहेको अवस्था हो अहिलेपनि हामी त्यहा पुगेका छैनौ, कर्जाको ब्याजदर पछिल्लो समय बढिरहेको छ तरलता दबाद देखिने बित्तिकै आपूर्ति र मागको पक्षमा जुन ग्याप देखियो त्यसका कारणले पनि माथीगएको हो। हाम्रा अर्थतन्त्रका आधारहरू त्यति कमजोर भेकका छैनन केही ब्राइट पक्षहरु पनि देखिरहेका छन यसले के संकेत गर्छ भन्दा अर्थतन्त्र सामान्य भएको भइसकेपछी अहिले देखिएका दबाबहरुलाई समाधान गर्न सकिन्छ’।
