बडवाल टोलमा हात्तीले गहुँवाली सखाफ


दोधारा । दोधारा चाँदनीको बडवाल टोलमा जगंली हात्ती धपाउन रातभर जाग्राम बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका स्थानियबासी हात्तीले उनिहरुको गहुँवाली नष्ट गर्न थालेपछि रातभरी जाग्रम बस्न थालेको स्थानियहरुले बताएका छन् । हाक्तीको आत्रमणमा परिने संभावना पनि त्यत्तीकै बढेर गएको स्थानियबासीहरु बताउछन् । बिगत लामो समय देखि भारतिय जंगलबाट बस्तीमा पस्दै आएको जंगली हात्तीको कारण स्थानियहरुले निकै समस्या खेप्दै आउनु परेको छ् । एक साता आउदै गरेको हात्तीको बथानले स्थानियहरुको पोको गहुँवाली खाएर तथा उधनेर नष्ट गर्न थालेपछि बडवाल टोलबासीलाई हुनसम्म पिडा परेको छ् । गएराती आएको बच्चा सहितको जंगली हात्तीले स्थानिय किसान राम बहादुर मगर, सिता देबि सुनार, मोहन सुनार, उमेश दत्त जोशी लगाएत एक दर्जनको पाकेको गहुँवाली खाएर तथा उधनेर नष्ट गरेको स्थानियबासी महाबिर क्षेत्रीले बताएका छन् । बच्चा सहित आएको जंगली हात्तीले धपाउन जाँदा लखेट्न आउने हुदा खेतको गहुँ वाली सखाफ नगरे सम्म नभाग्ने गरेको उनले बताएका छन् । अहिले बडवाल टोलमा वर्षौ देखि कायम जंगली हात्तीको समस्या समाधान हुन नसक्दा स्थानिय निराश छन् । हात्तीलाई धपाउनेको लागी बच्न स्थानीयले अनेकौं उपाय लगाए । तर अटेरी हात्ती आफ्नो आहारा पुरा नगरे सम्म खेतबाट नजाने गरेको स्थानियबासी लक्ष्मी रानाको भनाई रहेको छ् । ‘हात्ती बस्तीमा पस्दा कोही थाल ठटाउछन्, कोही भने साईरन बजाउछन्, कोही आगोको धुनी बाल्छन् । अनेक थरी उपाय लगाए पनि हात्तीको हुन भाग्दै भाग्दैन्’ स्थानियबासी लक्ष्मी रानाले भने । बिगतका दिनहरु भन्दा यस पल्ट बडवाल टोलमा जोखिम बढेको छ घटेको छैन् ।


ताजा समाचार

spot_img