एमाले परित्याग गर्दै दर्जनौँ युवा माओवादी केन्द्रमा प्रवेस


कञ्चनपुर: नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका १३ नम्बर वडा कार्यालय उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्रका नेता एव सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री मान बहादुर सुनारले वडा कार्यालय उद्घाटन गरेका छन । नेकपा माओवादी केन्द्र निकट वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले वडा कार्यालय उद्घाटन कार्यक्रममा एमाले सहितका विभिन्न पाटी परित्याग गरेर माओवादीमा प्रवेस गरेको
बताए ।

उनका अनुसार एमाले परित्याग गरेर गंगादेवी सुनार, सिलोचना देवी सुनाह, बिरेन्द्र सुनार, राजेन्द्र सुनार, अमर नाथ सहित, नैल्या सुनार, दिनेश सुनार, यशोदा सुनार, भोजराज सुनार, शुशिला सुनार, करिस्मा सुनाह, दिपक सुनार, हुडया सार्की सहितका दर्जनौँ युवाहरुले प्रवेस गरेका छन । प्रवेस गर्नेहरुलाई माओवादी केन्द्रका नेता एव प्रदेशका राज्यमन्त्री मान ब. सुनार, माओवादी केन्द्र क्षेत्र ३का संयोजक कृष्णदत्त जोशी(बोक्सर), देवेन्द्र ढुङगाना सहितका नेता कार्यकर्तालाई टिका लगाएर पाटी प्रवेस गराएका हुन । माओवादी केन्द्रमा प्रवेस गरेका युवाहरुले वडा र पालिकामा यस अघि राप्रपा, एमाले, काँग्रेस जिताएर यस पटक माओवादी केन्द्र जिताउने योजना रहेको बताएका छन ।


ताजा समाचार

spot_img