पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण


कञ्चनपुर :
कञ्चनपुरमा दुई दिने पत्रकार क्षमता विकासको लागि अभिमुखीकरण कार्यक्रमको उद्धघाटन भएको छ।
सोमबार सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा दुई दिने पत्रकार क्षमता विकासका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिंह ठगुन्नाले बताएका छन् । उनका अनुसार कार्यक्रमको उद्धघाटन आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार मन्त्री पुर्णा जोशिले गर्नु भएको थियो।May be an image of 12 people, people standing and people sittingपहिलो दिनको अभिमुखीकरणमा कार्यक्रममा पहिलो दिन मिडिया के हो? प्रेस स्वतन्त्र : विश्वव्यापी मान्यता ,लोकतन्त्रमा पत्रकारिताको भूमिका,निर्वाचनमा पत्रकार र सञ्चारमाध्यमको भूमिका , पत्रकार आचारसंहितामा पत्रकार र सञ्चारमाध्यमले गर्न हुने र नहुने कार्यहरु लगायतका विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्यले प्रस्तुतीकरण दिनु भएको थियो।May be an image of 16 people, people sitting and people standingअध्यक्षता नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावल, प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश मन्त्री पुर्णा जोशी ,विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द आचार्य ,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम संस्थापक अध्यक्ष अर्जुन शाह ,कञ्चनपुर पत्रकार महासंघ समिती कञ्चनपुर अध्यक्ष माधव धामी,उपाध्यक्ष भवानी भट्ट , हेमन्ती चौधरी ,सचीव राजेन्द्र अवस्थी , कोषाध्यक्ष जयदेव जोशी ,सहसचिव पहिलाद राना लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

Loading Viewer...

ताजा समाचार

spot_img