दोधारा । नेकपा एमालेले दोधारा चाँदनी नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि पार्टी सम्पर्क कार्यालयको उद्धघाटन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ हेल्थपोष्टमा हिजो सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । एमाले पोलिटब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देबि पालले सम्पर्क कार्यालय उद्घघाटन गरेका छन् । नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष हरसिंह धनाडीको अध्यक्षतामा गरिएको कार्यक्रममा पोलिटब्युरो सदस्य पोलिटब्युरो सदस्य तथा कञ्चनपुर ईन्चार्ज निरु देबि पाल प्रमुख अतिथि थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य राजिव खड्का, गगन खत्री, किशोर कुमार लिम्बु लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकामा अझै सम्म नेकपा एमालले वडा नं. ४, ६, ७ र ९ वडाहरुमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरि संचालनमा ल्याएको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले जानकारी दिएका छन् ।








