कञ्चनपुर : भीनपा –७ हल्दुखाल बस्ने सुरेश लुहारले विवाह भएको एक महिना पारेर श्री बैजनाथ धाम जेष्ठ नागरि सेवा केन्द्र वेदकोट नगरपालिका ७/८ रौटेलमा खाद्यन्न सहयोग गरेका छन् ।

अमेरिका बस्दै आएका लुहार माघमा गृह जिल्ला कञ्चनपुर आएका थिए । आए लगतै फाल्गुन १७ गते काठमाडौं बाट समीक्षा सिजापती सँग विवाह बन्धनमा बाँधिएका थिए ।

आजको दिन विवाह भएको एक महिना पुगेकोले सोही अवसर पारेर खाद्यन्न, फलफुल, मिठाई र केही नगद रकम वृद्धआश्रमलाई हस्तान्तरण गरेका छन् ।

यस भन्दा अगाडि पनि लुहारले वृद्ध आश्रम र बालगृहलाई सहयोग गरेका छन् । समाजिक कार्यमा रुचि राख्ने उनले आउदो दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता बताए ।
