कञ्चनपुर: कञ्चनपुरको बेलडाँडीका एक व्यवसायी एव समाजसेवी कविराज उपाध्यायले विपन्न किरियापुत्री ऐरी परिवारलाई खाद्यान्न सहयोग गरेका छन । बेलडाँडी बजारमा रहेको भगवती जनरल स्टोरका संचालक समेत रहेका उपाध्यायले कर्ण बहादुर ऐरीका परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।
बिहीबार समाजसेवी समेत रहेका युवा व्यवसायी उपाध्यायले बेलडाँडी गाँउपालिका १ झर्नासागरका किरियापुत्री ऐरी परिवारलाई चामल, दाल नुन तरकारी मसला सहयोग गरेका छन । आर्थिक रुपमा विपन्न ऐरी परिवारलाई उपाध्यायले खाद्यान्न सहयोग गरेका छन । दिर्घ रोगबाट ग्रसित कर्ण बहादुर ऐरीका जेष्ठ पुत्र दिपेन्द्र सिह ऐरीको जमिन बेचेर लाखौँ खर्चिदा समेत उपचार हुन नसेन । महासंकटका बेला सहयोगी हातहरुप्रति ऐरी परिवारले आभार प्रकट गरेका छन ।
