कञ्चनपुर: नेपाली काँग्रेसले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४मा वडा कार्यालय उद्घाटन गरेको छ । काँग्रेस कञ्चनपुरका युवा नेता आकास बोहराले बुधबार एक कार्यक्रमका विच पाटी कार्यालय उद्घाटन गरिएको बताए ।

उनका अनुसार बहादुर सिह थापाको प्रमुख आथित्य एव शुक्लाफाँटा नगरका मेयर दिल ब. ऐरको बिशिष्ठ आथित्य तथा ,सुदूरपश्चिम काँग्रेस टे«ड यूनियन सिद्धराज भट्ट सहितको उपस्थितिमा पाटी कार्यालय उद्घाटन गरिएको छ ।

काँग्रेस वडा अध्यक्ष सुग्रिब रानाको अध्यक्षतामा उद्घाटन भएको कार्यक्तममा नेताहरुले आगामी चुनावमा काँग्रेस जिताउन आब्हान गरेका थिए ।

