अब कृष्णपुर नगरपालिका समाजवादीको लालकिल्ला बन्छ : समाजवादीका नेता बम

कृष्णपुरको गुलरियामा समाजवादीको नगर कमिटि कार्यालय उद्घाटन

कञ्चनपुर : नेकपा एकिकृत समाजवादीले कञ्चनपुरको कृष्णपुर नगरपालिका पाटी कार्यालय उद्घाटन गरेको छ । बुधबार कृष्णपुर नगरपालिका ५गुलरियामा समाजवादीले नगर कमिटि कार्यालय उद्घाटन गरेको हो । समाजवादीले कृष्णपुर नगरको पुर्व र पश्चमी दुई भुगोलमा पायक पर्ने वडा र जनसंख्यालाई केन्द्रमा राखेर नगर पाटि कार्यालय संचालनमा ल्याएको छ ।

नगर पाटी कार्यालय उद्घाटन गर्दै नेकपा एकिकृत समाजवादी सुप प्रदेश सदस्य तथा कृष्णपुर नगरपालिका निर्वाचन परिचालन संयोजक सुरेन्द्र बमले अब कृष्णपुर नगरपालिका समाजवादीको लालकिल्ला बन्ने घोषणा गरे । नेता बमले सिङ्गो देश, प्रदेश, जिल्ला, पालिका, वडा समाजवादीको पक्षमा देखिएकाले कृष्णपुर नगरपालिका समेत लालकिल्ला बन्ने घोषणा गर्दै नेता कार्यकर्तालाई चुनावमा होमिन निर्देशन दिनुभयो । पालिका सरकारले गरेको भ्रष्टाचार बिरुद्ध अभियान चलाउन र राम्रो कामको सर्मथन साथ दिन समेत नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

ताजा समाचार