दोधारा । तेक्वान्दो खेलाडीहरुलाई सामाजसेवी भिम कुमालले सहयोग गरेका छन् । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) छनौट खेलहरुका लागी दोधारा चाँदनी नगरपालिकाका छनौट भएका ७ जना तेक्वान्दो डोजाङ्गका खेलाडीहरुलाई खेल पोशाक र काठमाण्डौं जानको लागी एक तर्फी गाडी भाडा सामाजसेवी भमि कुमालले सहयोग गरेका छन् । १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) छनौट खेलहरुका लागी ७ जना खेलाडी आज दोधारा चाँदनीबाट प्रस्तान भएका हुन् । उनिहरुलाई दोधारा चाँदनी नगरपालिका वडा नं. ४ स्थित महाकाली झोलुङ्गे पुलमा बिदाई समेत गरिएको तेक्वान्दो डोजाङ्ग दोधारा चाँदनीका प्रशिक्षक सागर बहादुर शाहीले जनाएका छन् । आउदो १८ र १९ गते काठमाण्डौको साँधोबाटो स्थित नेपाल तेक्वान्दो संघको भवनमा संचालन हुन लागेको १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) छनौट खेलहरुका लागी दोधारा चाँदनी नगरपालिकाबाट आकाश दयाल, साहिल सुनार, शिशिर ठगुन्ना, अञ्जली साँउद, सन्ध्या बुढा, बाशुदेव भट्ट र प्रशिक्षक सागर बहादुर शाहीलाई आज महाकाली झोलुङ्गे पुलबाट अबिर माला लगाएर सामाजसेवी भिम कुमाल लगाएत स्थानियहरुले अबिर माला लगाएर बिदाई गरेका छन् । प्रतियोगितामा समाबेश हुन पोशाक र आर्थिक कठिनाई रहेको अवस्थामा दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्यमा प्रखर देखिदै आएका भिम कुमालले खेलाडीहरुलाई पोशाक तथा आर्थिक सहयोग गरेको भन्दै तेक्वान्दो डोजाङ्ग दोधारा चाँदनीका प्रशिक्षक सागर बहादुर शाहीले दाता भिम कुमाललाई बिशेष धन्यबाद दिएका थिए । ‘केही दिन सम्म काठमाण्डौं सम्म जानको लागी तेक्वान्दो डोजाङ्ग संघले गाडी भाडा सहयोग गर्ने भनेका थिए, तर पछि आएर सहयोग नगर्ने भएपछि हामी प्रतियोगिता स्थल सम्म जान आर्थिक कठिनाईको कारण अलमल भएका थियौं’ तेक्वान्दो डोजाङ्गका प्रशिक्षक सागर बहादुर शाहीले भने– ‘ सामाजसेवी भिम कुमालज्युले हामीलाई सबै जनालाई खेल पोशाक सहित रु. ७ हजार सहयोग गरेपछि, हामी १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) छनौट खेलहरुमा सहभागी जाने भएका छौं ।’


दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ब्यक्तीगत लगानीबाट निरन्तर सामाजिक कार्य गर्दै आएका सामाजसेवी भिम कुमालले आउदो १८ र १९ गते काठमाण्डौको साँधोबाटो स्थित नेपाल तेक्वान्दो संघमा संचालन हुन लागेको १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) छनौट खेलहरुमा खेलाडीहरुलाई पोशाक तथा यातायातको लागी समस्या देखिएको हुदा खेलाडीहरुलाई ब्यक्तीगतरुपमा सहयोग गरेका बताएका छन् । ‘खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुन पोशाक र बस भाडाको समस्या परेको कारण मैलै सहयोग गरेको हु’ सामाजसेवी भिम कुमालले भने । खेलाडीहरुलाई सहयोग तथा बिदाई कार्यक्रममा सामाजसेवी भिम कुमाल, स्थानिय जानकी दमाई, सुरज सुनार, टेक बहादुर बिक लगाएत खेलाडीहरुको सहभागिता रहेको थियो ।


छनौट खेलमा सहभागी हुन सामाजसेवी कुमालले गरेको सहयोग प्रति खेलाडीहरुले खुलेरै प्रशंसा गरेका थिए । खेलाडीहरुलाई प्रतियोगितामा बिजय भएर दोधारा चाँदनीको नाउ राख्न तथा उनिहरुको उज्जवल भविष्यको कामना गरिएको थियो ।







