ऐश्वर्या कुवँर / महेन्द्रनगर : भीमदत्त नगरपालिका वडा न ५ को वडा कार्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोह समपन्न भएको छ । सोमबार भीमदत्त नगरपालिका वडा न ५सुकासालकामा निर्माण भएको भीमदत्त नगरपालिकाको नवनिर्मित वडा भवन नगरप्रमुख सुर्यन्द्र बिष्टको प्रमुख आतित्थमा समुद्घाटन समारोह समपन्न भएको हो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा नगरप्रमुख सुर्यन्द्र बिष्टले भीमदत्त नगरपालिकामा विकासका हुनुमा सबै पार्टी तथा नगरवासी हरुको महत्वपुर्ण योगदान रहेको बताए ।

नवनिर्मित भवन उद्घाटनमा वडा कार्यालय निर्माणको लागि जग्गा दान गर्ने चन्द परिवारलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यस्तै भीमदत्त नगरपालिकाका वडा अध्यक्ष स्वर्गीय मदन बहादुर चन्दलाई समझदै उहाप्रति हार्दिक संवेदना समेत प्रकट गरिएको छ । नवनिर्मित वडा भवनको कार्य समयमै समपन्न गरेको हुदा वाई आररअमृत जेभि निर्माण कम्पनिलाई निर्माण व्यावसाई पदम बोहोरालाई सम्मान गरिएको छ । ५ न वडाका कार्यवाहक वडा अध्यक्ष राधिका थापाले स्वर्गीय मदन बहादुर चन्दको योगदानले वडा वासीहरुलाई सधै खटाईरहने बताएकी छन्।

