कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेदकोट नगरले ८ नम्बर वडामा पार्टी सम्पर्क कार्यालय उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका विच माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य सिके भट्टले बेदकोट ८को वडा सम्पर्क कार्यालय उद्घाटन गरेका छन । वडा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम समारोहका प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव प्रदेश सदस्य भट्टले माओवादीकै संघर्षका कारण प्राप्त उपलब्धी संस्थागत गर्नका लागि माओवादीलाई वडा, पालिकामा नेतृत्व दिनुपर्ने बताए ।

‘जसको नीति, उसैको कार्यक्रम हुुँदा जनताले थप सुविधा पाउँछन, ‘माओवादी प्रदेश सदस्य भट्टले भने, ‘माअोवादीकै संघर्ष र एजेण्डामा आएको परिर्वतनलाई थप संस्थागत गर्नका लागि माओवादीलाई नेतृत्व दिनुपर्छ ।’ नेकपा माअोवादी केन्द्र बेदकोट नगरका सचिव दान बहादुर बमले पालिका कार्यालय उद्घाटनसंगै वडा स्तरमा समेत सम्पर्क कार्यालय उद्घाटन गरिन लागेको बताए । ‘विगतमा हाम्रो पार्टी थोरै मतले पराजित भएको थियो, ‘सचिव बमले भने, ‘यस पटक हाम्रो पक्षमा जनलहर बढेको छ ।’ माओवादीले जिते जनताको चाहना अनुरुप काम गर्ने सचिव बमले प्रतिबद्धता जाहेर गरेका छन । सचिव बमले वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, संचार, विद्युत, भौतिक पुर्वाधार लगायत सबै क्षेत्रको विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

वडा कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता माओवादी केन्द्र ८का वडाध्यक्ष शेर बहादुर विष्टले गरेका थिए । कार्यक्रम संचालन वडा सचिव जनक मालले गरेका थिए । भने स्वागत मन्तव्य नगर कमिटि सदस्य मदन सिह ऐरले गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य एव कञ्चनपुरका युवा नेता सिके भट्ट प्रमुख अतिथि, पुर्व जनसेना समेत रहेकी नगर उपाध्यक्ष रेखा बम, सचिव दान बहादुर बम लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

