कञ्चनपुर : नेकपा एमाले निकट अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटिको सम्मेलन सम्पन्न भएको छ । सोमबार अनेरास्ववियु सुप विश्वविद्यालय राष्ट्रिय कमिटिको दोस्रो सम्पन्न भएको हो । अनेरास्ववियु कञ्चनपुरका कोषाध्यक्ष विक्रम थापाले दिनेश सिह महराको अध्यक्षतामा अनेरास्ववियु क्याम्पस इकाई कमिटि विस्तार भएको बताए ।

उपाध्यक्ष गोबिन्द जोशी, सचिव मान बहादुर सायद, सह सचिव प्रेरणा बम, दिनेश रोकाया, सन्तोष धानुक र कोषाध्यक्ष भागेश्वरी सिह चयन भएका छन । अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य गणेश सिह ऐरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्ला अध्यक्ष कमल रोकाया सहितको सहभागिता रहेको थियो ।

