राप्रपाको बेलौरीमा आमसभा


कञ्चनपुर: राष्ट्रिय प्रजातन्त्र पाटीले कञ्चनपुरको बेलौरीमा आमसभा गरेको छ । आइतबार राप्रपा क्षेत्रीय कार्य समितिले बेलौरीमा आमसभा गरेको हो । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले राप्रपामा जनलहर बढेसंगै बेलारीमा समेत आमसभा गरिएको बताए ।
अध्यक्ष चन्दले राप्रपामा पछिल्ला दिनहरुमा जनलहर बढेसंगै ठाँउ ठाँउमा आमसभा गरिरहेको बताए । जनताको माग अनुरुप राप्रपाका नीति, कार्यक्रम बारे जानकारी गराउन र आगामी चुनावमा राप्रपालाई जनमत दिनका लागि आब्हान गरिएको बताए ।
सभामा राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी, सह प्रवक्ता पुर्ण बहादुर चन्द, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही सहितका नेताले हिन्दुधर्म, राजतन्त्र, स्वाभिमानका लागि राप्रपालाई मतदान गर्न आब्हान गरेका थिए । कार्यक्रममा विभिन्न पाटी परित्याग गरेर दर्जनौँ युवा राप्रपामा प्रवेस गरेका छन ।

ताजा समाचार

spot_img