बेलौरीमा जनमोर्चाको चुनावी भेला भ्रष्टाचार मौलाउने संघीयता खारेजी गर्न माग

कञ्चनपुर: राष्ट्रिय जनमोर्चाले कञ्चनपुरको बेलौरीमा चुनाव भेला गरेको छ । जनमोर्चा कञ्चनपुरका अध्यक्ष राम कार्कीले जनमोर्चाले समेत आगामी स्थानीय तहको चुनावलाई मध्य नजर गर्दै बेलौरीमा चुनावी सभा गरेको बताए । जिल्ला अध्यक्ष कार्कीले स्थानीय निर्वाचन, वर्तमान राजनीतिक परिवेसमा प्रशिक्षण गरेका थिए ।

चुनावी भेलामा जनमोर्चा सुप प्रदेशका सचिव राजाराम चौधरी, जिल्ला अध्यक्ष राम ब. कार्की, बुद्धिजिवी संका केन्द्रीय सदस्य तारामणी जोशीले संघीयताले भ्रष्टाचार मौलाएको भन्दै खारेजीको विकल्प नभएको बताएका थिए । भेलाबाट रङ बहादुर चौधरीको संयोजत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति, रमा नेपालीको संयोजकतत्वमा ९सदस्यीय आर्थिक समिति र गिता नेपालीको संयोजकत्वमा प्रचार प्रचार प्रसार समिति गठन गरिएको छ ।

ताजा समाचार