शुक्लाफाँटा नगरमा एमाले परित्याग गर्ने बढ्दै

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमाले परित्याग गर्ने नेता कार्यकर्ता बढ्दै गएका छन । गत महिना एमाले युवा नेता बिमल बम र हरेन्द्र चन्दले पाटी परित्याग गरेका थिए । अहिले दर्जनौँ एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन ।

शनिबार एमाले शुक्लाफाँटा नगरका नेताहरुले संयुक्त एक प्रेंस विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका छन । एमाले महिला नेतृ हरु कुमारी मल्ल, पदमराज जोशी, सरस्वती चन्द, गोबिन्द साउद, लोकेन्द्र बहादुर चन्द, सुरेन्द्र चन्द, उपासना चन्द, बिर बहादुर चन्द, लक्ष्मी चन्द, शान्ति चन्दले पार्टीको संगठित सदस्य समेत नरहने गरी परित्याग गरेको घोषणा गरेको छ । एमालेमा नातावादी, कृपावाद हाबी भएको भन्दै पाटी परित्याग गरेको घोषणा गरेका छन ।

ताजा समाचार