‘केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैनः अध्यक्ष नेपाल‘

काठमाडौं : नेकपा एकीकृत समाजवादींका अध्यक्ष माधवकुमार नेपालले ‘केपी बा आइ लभ यु’ भन्दैमा पार्टी नचल्ने बताएका छन् । नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कपा एमाले पार्टी भन्दा पनि प्राइभेट लिमिटेडजस्तो भएको बताए । एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताए ।

ओलीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता सिर्जना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन, कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुलोमा पार्ने बताए । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गरे।

ताजा समाचार