महेन्द्रनगर : बाजुरामा एक किशोरीको मृत्यु भएको छ । भिरबाट लडेर एक किशोरीको मृत्यु भएको हो । जिल्लाको गौमुल गाउँपालिका–६ शान्तिटोलकी १७ वर्षीया पुष्पा चँदाराको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घरबाट सामान किन्न पसल गएकी पुष्पाको शुक्रबार बेलुकी ७ बजेतिरको समयमा भिरबाट लडेर मृत्यु भएको उनका आफन्तले बताए । पसलबाट राति ८ बजेसम्म घर नफर्किएपछि खोजी गर्दा उनी लडेर मृत्यु भएको अवस्थामा फेला परेको बताइएको छ । घटनाको थप अनुसन्धान भई रहेको छ ।

