महेन्द्रनगर : अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन् । जिल्लाको रामारोशन गाउँपालिकामा भालुको आक्रमणबाट एकजना पुरुष गम्भीर घाईते भएका हुन् ।

वडा नम्बर ५ बस्ने ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने गएका बेला भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन । घाईते बटालाको अछाममा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज पठाईएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट भएकाले नेपालगन्ज पठाईएको प्रहरीले जनाएको छ ।

