दार्चुलामा एमाले र माओवादीबीच चुनावी तालमेल पक्का

दार्चुला: केन्द्रमा सत्ता गठबन्धन काँग्रेस, माओवादी, समाजवादी, जसपा , जनमोर्चा सहितका दलहरुविच चुनावी एकता हुने तयारी भईरहेका बेला सुदूरपश्चिम प्रदेश दार्चुलामा भने एमाले माओवादी विच चुनावी तालमेल हुने भएकाले छ । एमाले माओवादी स्रोतका अनुसार दार्चुला जिल्लामा अगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच तालमेल भएर चुनावी मैदानमा जाने पक्कापक्की जस्तै भएको छ।

नौवटा स्थानीय तह रहेको दार्चुलामा नेकपा माओवादी केन्द्रले मार्मा गाउँपालिका,लेकम गाउँपालिका, अपि हिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा आफ्नो दावि गरेको छ भने नौवटै स्थानीय तहका सबै वडाहरुमा आफ्नो उपस्थिति हुनुपर्ने अडान राखेको छ।

तर, एमालेले भने नौवटा स्थानीय तहमध्ये मार्मा,अपि र लेकम माओवादीलाई दिन तयार रहेको र अरु पालिकाहरुमा पनि उपस्थितिका सकारात्मक देखिएको स्रोतले जनाएको छ। केहि दिन अगाडी नेकपा माओवादी केन्द्र र कांग्रेस बीच चुनावी तालमेल हुने निश्चित जस्तै भएको थियो भने पछिल्लो दिनहरुमा भने एमाले माओवादी केन्द्र बीच तालमेल हुने कुरा बाहिरिएको छ।

ताजा समाचार