कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले एकल महिलालाई विद्युतीय जग वितरण गरेको छ । बेलौरी नगरपालिका ६ नम्बर वडाका एकल महिला, जेष्ठ नागरिक एव विपन्न अहाहय महिलालाई विद्युतीय जय वितरण गरेको हो । विभिन्न दैनिक घरसायी कामकाजका लागि विद्युतीय जग वितरण गरेको नगरपालिकाले जनाएको छ ।

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले विद्युतीय जग वितरण गर्दै एकल महिला, जेष्ठ असाह महिलालाई दैनिक घरसायी कामकाजको उपभोगका लागि सहज हुने बताए । निःशुल्क विद्युतीय जग पाएपछि बेलौरीका महिला हर्षित भएका छन । स्थानीय सरकारले आफ्नो घरसायी समस्या मध्य नजर गर्दै वितरण गरेको विद्युतीय जगले दैनिक काममा थुप्रै सहजता आउने बताएका छन ।

