एमाले प्रवेश गर्दै नायिका करिश्मा मान्नधर


कञ्चनपुर : एमाले प्रवेश गर्दै नायिका करिश्मा मान्नधर नायिका करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्दैछिन्। मंगलवार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

यसअघि मानन्धर नयाँ शक्ति पार्टीमा केन्द्रीय सदस्य थिइन्। तर, केही समयपछि नै उनी उक्त पार्टीमा निस्क्रिय भएर बसेकी थिइन्। करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा उनको दल एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img