नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवी कुमाल मेयर पदमा लड्ने ईच्छा ब्यक्त


दोधारा । दोधारा चाँदनीमा नेकपा माओबादी केन्द्रको एक खेमाबाट घरदैलो तथा संगठन बिस्तार गर्दै आएका सामाजसेवी तथा नेता कुमालले एक कार्यक्रमको बिच आफु दोधारा चाँदनीको मयर पदमा लड्ने ईच्छा जाहेर गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बन्दुके टोलको एक कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवी भिम कुमालले आसन्न स्थानिय निर्वाचनमा आफु मेयर पदको पदमा लड्ने ईच्छा जाहेर गरेका हुन् । पार्टीले सही ब्यक्तीको मुल्यांकलन तथा जनमत हेर्ने हो भने आफुलाई टिकट दिने पक्का भएको उनले बताएका छन् । ‘पार्टीले सही तथा जनमत भएको ब्यक्तीको मुल्यांकन गर्नेमा हामी ढुक्क छौं’ उनले भने– ‘हामी साथीहरु स्थानिय निर्वाचन लक्षित वडा तथा टोलमा कार्यक्रम गर्दै हिड्दै जाँदा हाम्रो उत्साहित जनलहर देखा परेको छ् ।’ गरिब, दलित तथा बिपन्न बर्गले हामी र हाम्रो कामलाई अच्चमै रुचाएको उनको भनाई रहेको छ् ।

आफु मेयर भए नगरपालिका समृद्ध बनाउन, शिक्षाको विकास गर्न, स्वच्छ सफा नगर बनाउन, भ्रष्टचारमुक्त नगर बनाउन, जनता र जनप्रतिनिधी बिचको सम्बन्ध सुमधुर बनाउन, तत्काल जनताका समस्या समाधान गर्न आफनो लक्ष्य सहित अगाडि बढ्ने कार्यक्रममा नेता कुमालले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्य गरेर नाम कमाएका भिम कुमाललाई पार्टीका नेता भन्दा पनि सामाजसेवी भनेर स्थानियहरु बढी चिन्ने गरेको एक स्थानियबासी सुरज सुनारले बताएका छन् । कोरोना संक्रमणको बेला देखि संचारमाध्यममा चर्चामा रहेका नेता भिम कुमाल आफु मेयर भए एक घर एक रोजगारीको ब्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेको स्थानिय सुरज सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को बन्दुके टोलमा भएको टोल भेला कार्यक्रममा नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर सुनार, वडा कमिटि सदस्य जय बहादुर सुनार, जानकी देबि सुनार, नगर अध्यक्ष भिम कुमाल, उपाध्यक्ष टेक बहादुर बिक, सदस्य सुरज सुनार लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्र दोधारा चाँदनी वडा नं. ७ का वडा अध्यक्ष बिर बहादुर सुनारले जानकारी दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img