दोधारा । देश विदेशमा छरिएर रहेका स्वतन्त्र, निष्पक्ष र सकारात्मक सोच राख्ने युवाहरुद्धारा संचालित हेल्पीङ हेण्डले दोधारा चाँदनीका स्वास्थ्य संस्थालाई बिरामी उपचारको निम्ती आवश्यक बेड हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, ८ ,९ र १० मा स्थित स्वास्थ्य संस्थालाई ६ थान बेड हस्तान्तरण गरिएको हेल्पीङ हेण्ड अभियानका सदस्य नारायण प्रसाद शर्माले जानकारी दिएका छन् । स्वास्थ्य संस्थाको अवस्था अझ मजबुत बनाउने उद्धेश्यले ६ थान बेड हस्तान्तरण गरिएको हेल्पीङ हेण्ड अभियानका सदस्य नारायण प्रसाद शर्माले बताएका छन् । हेल्पीङ हेण्ड अभियानका सदस्य नारायण प्रसाद शर्मा, संजय थापा लगाएत आशा ग्रिल उद्योग र पेन्टर डम्बर बहादुर महराले पनि सहयोग गरेको हेल्पीङ हेण्ड अभियानका सदस्यहरुले जनाएका छन् । यस अघि कोरोना संक्रमणको लहरमा अक्सीजन अभाव भएको अवस्थामा हेल्पीङ हेण्डले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई एक थान अक्सीजन कन्सरटेटर सहयोग गरेको हो ।







