कञ्चनपुर : कञ्चनपुरको भगवती सामुदायिक वनको अध्यक्षमा पुन केशव सिह धामी निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ८ पारीफाँटामा रहेको भगवनी सामुदायिक वनको अध्यक्षमा धामी निर्वाचित भएका हुन । उनले आफ्ना प्रत्यासी जयदेव धामीलाई ७५ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छ । केशवले २ सय ३६ र जयदेवले १ सय ६१ मत ल्याएका थिए ।

अध्यक्ष सहित पुरै पदाधिकारीमा केशव सिह धामीकै प्यानल निर्वाचित भएका छन । उपाध्यक्षमा महादेव डगौरा, सचिवमा धनमाया कुमारी धामी, कोषाध्यक्ष राधा चौधरी र सह सचिव नरेन्द्र सिह ठगुन्ना निर्वाचित भएका छन । उपाध्यक्ष महादेव डगौराले आफ्ना प्रत्यासी जनक डगौरालाई १ सय १८ को मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन । महादेवले २सय ४६, जनकले १सय ४७मत ल्याएका छन । सचिवमा धनमाया कुमारी धामीले आफ्ना प्रत्यासी अन्जु खडकालाई १सय १८मतको अन्तरले हराउँदै सचिवमा निर्वाचित भएका छन । धामीले २सय ६४ र खडकाले १ सय ४६ मत ल्याएका थिए ।

कोषाध्यक्षमा राधा चौधरीले आफ्ना प्रत्यासी जनक ब. डगुन्नालाई २८मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भए । चौधरीले १सय ९९ र ठगुन्नाले १सय ७१मत पाएका थिए । सह सचिवमा नरेन्द्र सिह ठगुन्नाले आफ्ना पत्यक्षसी हरिस महरालाई १सय १०मतको अन्तरले हराउँदै सह सचिवमा निर्वाचित भएका छन । ठगुन्नाले २ सय ४६ र महराले १ सय ३६मत ल्याएका थिए । कुल ४सय ६५ मतदाता मध्ये ४सय ४४मत खसेका थिए । भगवती सामुदायिक वनको अध्यक्षमा निर्वाचित भएका केशव सिह धामीले सरकारी तथा सम्बद्ध निकायसंगको समन्वयमा सामुदायिक वनको विकास एव उपभोक्तालाई थप सेवा सुविधा प्रदान गर्ने योजना रहेको बताए । ‘मैले जनताको अपेक्षा अनुरुप काम गर्छु, ‘अध्यक्ष धामीले भने, ‘वनको दिगो विकास र जनतालाई सुविधा दिलाउँछु ।’







