बझाङमा निर्वाचन अवधिभर हतियारहरु प्रहरीलाई बुझाउनु पर्ने


महेन्द्रगर : जिल्ला प्रहरी कार्यालय बझाङले निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरु प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ । लाइसेन्स प्राप्त हतियारहरू व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बझाङबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img