महेन्द्रनगर : बाजुराको कर्णाली पारि रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा फेरी निर्माण गरिएपछि सडक संजालमा जोडिएको छ । सड्क सञ्जालले नजोडिएको एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका अव सडक संजालमा जोडिएको हो । यातायातको पहुँचमा पुयाउनका लागि कर्णाली नदिमा स्वामिकार्तिक खापर गाउँपालिकाले फेरी निर्माण गरि सोमवार देखी नै गाउँपालिका सडक संजालमा जोडिएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी कुबेर शाहीले बताएका छन् ।

१ करोड ७४ लाखमा निर्माणको काम सुन्नदा मष्टेश्वरी निर्माण सेवा सँग सम्झौता भई काम सम्पन्न गरी संचालनमा ल्याएको स्वामिकार्तिक खापर गाउँपालिकाका सुचना अधिकारी शाहीले बताए । गाँउपालिकालाई सड्क सञ्जाल जोड्नका लागि नदिमा २०७६ असारमा फेरी निर्माणको काम शुरु गरी सोमवार देखी संचालनमा आएको स्वामिकार्तिक खापर गाँउपालिका अध्यक्ष चिरिन्जीबि शाहिले वताए । कर्णाली नदिमा फेरी निर्माण भई यातायाताका साधान संचालनमा आएपछि स्वामिकार्तिक बासी खुशि भएका छन् ।







