कञ्चनपुर: मित्र समाजले कञ्चनपुरको कृष्णपुर नगरपालिका ४का खेलाडीलाई खेलकुद समाग्री सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका विच मित्र समाजका अध्यक्ष जितेन्द्र रावल सहितका समाजका पदाधिकारीले कृष्णपुर नगरपालिका ४ गुलरियाका खेलाडीलाई फुटबल र भलिबल वितरण गरेको हुन ।

मित्र समाजलार्ई केही दिन अघि नेकपा एकिकृत समाजवादीका सुप प्रदेश सदस्य एव समाजसेवी सुरेन्द्र बमले खेलकुद समाग्री दिएका थिए । खेलकुद समाग्री पाएसगै स्थानीय खेलाडी हर्षित भएका छन । उनीहरुले स्थानीय सरकारले स्थानीय खेलाडीलाई नमानेपछि मित्र समाजले मानेको बताएका छन ।







