उद्योग वाणिज्य संघ पुनर्वासले तस्करी नियन्त्रण गरिदिन प्रशासनलाई पत्र

पुनर्वास – पुनर्वासका अवैध खुला सीमानाकामा देखिएको बढ्दो तस्करीलाई रोक्न उद्योग वाणिज्य संघ पुनर्वासले खबरदारी गरेको छ । खुला सीमानाकाबाट हुँदै आएको तस्करीलाई तत्काल रोकिदिन भन्दै आईतबार जिल्ला प्रशासन कार्यालय कंचनपुरलाई पत्र बुझाएको हो ।

उद्योग वाणिज्य संघ पुनर्वासका महासचिव लक्ष्मण थापाले हस्ताक्षर गरेको पत्रमा भारतीय खुला सीमानाकाहरुबाट दिनप्रतिदिन चोरी निकासीका अवैध पेयपदार्थ, अण्डा, कुखुरा, माछा लगायत किराना, हार्डवेयर,फेन्सी, कृषि सामाग्रीहरुको ओसारपसार बढ्दो क्रममा रहेको भन्ने जनगुनासो आएकोले तस्करीलाई नियन्त्रण गरिदिन पुनर्वासका सुरक्षा निकायलाई पत्रमा बोधार्थ देखाउदै प्रशासनलाई पत्र दिएको छ ।

एकातिर सरकारलाई चर्को कर, अर्कोतिर खुला सीमा नाकामा सुरक्षा निकायको कुनै रोकटोक नहुदा पुनर्वास क्षेत्रका व्यवसायहरु धरासायी बन्न पुगेको संघका महासचिव थापाले बताए । ” सरकारद्वारा प्रतिवन्धित अखाद्य बस्तु भित्रीदा मानव स्वास्थ्यमा ठूलो समस्या देखा परिरहेको देखिन्छ । “उनले भने, “यसलाई सुरक्षा निकायले तत्काल नियन्त्रण गर्न जरुरी छ ।”

ताजा समाचार