नेपाल बार एसोसिएसनका उम्मेदवारहरुको परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

महेन्द्रनगर : उच्च अदालत बार एसोसिएसन कञ्चनपुरले चैत्र १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका उम्मेदवारहरु संग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।विकृती विसंगती तथा भ्रष्टाचारमुक्त न्यायपालिका व्यावसायिक हक,प्रतिष्ठा र पेशागत मर्यादा भन्ने मुलनारा सहित देशका बिभिन्न जिल्लाबाट आएका करिब १ सय भन्दा बढी कानुन व्यावसायीहरुको उपश्थिती रहेको कार्यक्रममा २५ जनाले उम्मेदवार दिएका छन् ।

सुदूरपश्चिमबाट २ जनाले आफनो उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदको लागि सुदूरपश्चिम प्रदेशबाट तुलाराम गिरी र सदस्य पदमा जितेन्द्र बहादुर मडैले उम्मेदवारी दिएका छन् ।न्यायपालिकालाई चुस्तदुरुस्त राख्नको लागि नेपाल बारले सक्रिय भुमिका निर्भाह गर्दै आएको छ र आगामी दिनमा पनि न्यायको लागि सदैव अग्रपंक्तीमा रहने बताए ।

नेपाल बारलाई सम्पूर्ण अग्रज, नवोदित, समावेशी र पेशागत कानून व्यवसायीहरुको साझा संगठन को रूपमा विकास गरी समाजको अग्रणी सामाजिक अभियन्ता संगठनको रूपमा स्थापित गरिने उपाध्यक्ष पदको लागि सुदूरपश्चिम प्रदेशका उम्मेदवार तुलाराम गिरीले बताए ।विकृति विसंगति र भ्रष्टाचारमुक्त न्यायपालिका कायम गर्न गर्न दवाव सिर्जना गर्न आफनो उम्मेदवारी रहेको उनको भनाई थियो ।

ताजा समाचार

spot_img