महाकाली नदीलाई फोहोर गर्न नपाईने, नदी किनारका बस्तीमा घरदैलो गरिदै


महेन्द्रनगर  : महाकाली नदीलाई फोहोर नगर्न स्थानियहरुले घरदैलो कार्यक्रम गर्ने भएका छन् । दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारमा फोहोर विर्सजन गर्ने काम नरोकिएपछि जिल्लाका सरोकारवालाहरुले शुक्रबार देखि एक हप्ता सम्म महाकाली नदी किनारका बस्तीहरूमा घरदैलो गर्ने भएका छन् । पवित्र महाकाली नदी स्वच्छता अभियानले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा उपस्थित सरोकारवालाहरु नदी सफा राख्न तथा फोहोर विर्सजन रोक्नका लागि अनुगमन, जनचेतना देखि कारवाही सम्मका क्रियाकलापहरु गर्न एकमत भएको अभियानका संयोजक शंकर सिह धामीले बताए ।

पहिलो चरणमा शुक्रबार बिहान देखि एक हप्ता सम्म महाकालीमा फोहोर नफाल्न जनचेतना जगाउन लागि नदी किनारका बस्तीहरुमा महाकाली नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, शिक्षक, विद्यार्थी, तथा पवित्र महाकाली नदी स्वच्छता अभियानका अभियानकर्मीहरुले घरदैलो गर्ने अभियानका संयोजक धामीले बताए । महाकाली नदीको स्वच्छताका लागि शुक्रबार गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले फोहोर फाल्ने प्रवृत्ति रोक्नका लागि जनचेतना जगाउनु आवश्यक रहेको बताएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img