‘स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा दोधारा चाँदनीमा विभिन्न दलका नेता–कार्यकर्ताका फेसबुक पेज आफ्ना दलका प्रचार प्रसारका पोष्टले भरिएका छन् । चुनावको तयारीका लागि गाँउ, बस्तीमा पसेका नेता–कार्यकर्ताले अहिले टोल बस्ती अभियान संगै सामाजिक सञ्जालमा गरिने प्रचार प्रसारलाई समेत तीव्रता दिएका हुन्’

दोधारा । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा दोधारा चाँदनी नगरपालिकामा विभिन्न दलका नेता–कार्यकर्ताका फेसबुक पेज मार्फत आफ्ना समर्थक दलको प्रचार प्रसारका पोष्टले भरिएका छ् । स्थानिय निर्वाचनको तयारीका लागी गाँउ बस्ती पसेका नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएत दलहरुले सामाजिक सञ्जालमा गरिने प्रचार प्रसारलाई समेत तीव्रता दिएका हुन् । दोधारा चाँदनी नगरपालिकामा बिशेषत : नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी क्रियाकलाप निकै बढ्दो छ् । कसै दलले वडा भेला गरेका छन भने कसैले टोल भेला । वडा र टोल भेला सकेका पार्टीले सबै वडामा वडा सम्पर्क कार्यालय स्थापना गर्न तिर लागेको छ् । वडा सम्पर्क कार्यालय स्थापना गर्ने दल मध्य दोधारा चाँदनी नगरपालिकामा पहिलो दल नेपाली काग्रेंस देखिएको छ् । नेकपा एमालेले पनि आज वडा नं. ४ मा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ् । आफ्नो सबै उम्मेदवारलाई जिताउन दोधारा चाँदनीको सबै वडाहरुमा वडा सम्पर्क कार्यालय स्थापना संगै कार्यकर्ता परिचालन गर्ने तयारीमा एमाले छ् । राप्रपाले दोधारा चाँदनीमा नगर सम्पर्क कार्यालय स्थापना गरि वडागतरुपमा वडा सम्पर्क कार्यालय स्थापना गर्ने सुरसारमा छ् । वडा, टोल भेला तथा सम्पर्क कार्यालय स्थापना, भातृ संगठन बिस्तार लगाएत दलहरुको कार्यक्रमहरु अहिले आएर सामाजिक संजाल ब्यग्रल्ती हेर्न पाईन्छ् । सूचना प्रविधीको विकास संगै दोधारा चाँदनी नगरपालिकामा चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको देखिएको जानकारहरुले बताएका छन् । नयाँ पुस्ता र देश भित्र तथा बाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन् । दोधारा चाँदनीमा सुचना प्रवाह गर्ने सरल माध्यमकोरुपमा फेसबुकनै भएको स्थानिय जानकारहरुको भनाई रहेको छ् । पत्रपत्रिका तथा अन्य सुचना प्रवाहको आभव रहेको दोधारा चाँदनी नगरपालिकामा फेसबुक यतिबेला चुनावी प्रचार प्रसार तथा सुचना प्रवाह गर्ने गतिलो माध्यम बन्न पुगेको छ् । दोधारा चाँदनी नगरपालिका नेपाली काग्रेंस, नेकपा माओबादी र राप्रपाले आफ्नो आधिकारीक फेसबुक पेज संचालनमा छ् । दिनभरी भएको पार्टीको गतिबिधी साँझ दलको आधिकारी फेसबुक पेज मार्फत हेर्न सकिन्छ् । कार्यकर्तालाई सुचना प्रवाह गर्न तथा पार्टीको हरेक सामाजिक गतिबिधी सामाजिक संजाल राख्ने गरेका छन् । नेकपा एमालेको आफ्नो अधिकारी फेसबुक पेज चाडै बनाउने तरखरमा रहेको नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले बताउछन् । ‘दोधारा चाँदनी नगरपालिकामा सामाजिक संजाल फेसबुकनै सुचना प्रवाह गर्ने एक मात्रै गतिलो माध्य रहेकोले हामी पनि चाडैनै पार्टीको आधिकारी फेसबुक पेज निमार्ण गर्ने तयारीमा छौं’ नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटि सदस्य राजिव खड्काले भने । अझै सम्म नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले आफ्नो फेसबुकमा पार्टीका हरेक गतिबिधी पोष्ट गर्दै आएका छन् । यस्तै पुराना र ठूला भनिएका दलहरुले भन्दा साना भनिएका दलहरुले सामाजिक संजालको अत्याधिक प्रयोग गरेको एक थरीको भनाई रहेको छ् । बिगतका दिनहरुमा सभा तथा भाषण चर्को गाँउ बस्तीमा सुनिन्थे भने अचेल तिनलाई सामाजिक सञ्जाल फेसबुकका पेजमा पनि प्रशस्त राखिएको पाईन्छ् । एकै पटक धेरै मानिस सम्म पुग्न सकिने भएकाले दलहरुको प्रचारका यस्ता सञ्जालको प्रयोग गर्ने गरेको नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले बताउछन् । ‘विदेशमा काम गर्न जानु भएको धेरै दोधारा चाँदनीबासीहरु फेसबुक एकदमै प्रयोग गर्नुहुन्छ् । उहाँहरुलाई प्रभाव पार्न सकियो र उहाँहरुले फलानो मान्छे राम्रो रहेछ भने, यहाँ रहेका घर परिवारलाई भन्दा त्यसको प्रभाव पक्का पर्छ्’ नेकपा माओबादी केन्द्रका नेता भिम कुमाल भन्छन् ।







