पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाले समाजमा हुने महिला हिंसा बारे दुई दिने कानुनी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पुनर्वास नगरपालिकाको न्यायीक समितिले नगरपालिकाको सभाहलमा सञ्चालन गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।


नगरपालिकाका ११ वटा वडाबाट ५५ जना महिलाहरुको सहभागिता रहेको कार्यक्रममा प्रशिक्षण अधिवक्ता गणेश बहादुर कडायतले गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्टले घरेलु तथा महिला हिंसा रोक्न महिलाहरुलाई कानुनी कुराहरुको बारेमा पुर्ण जानकार बनाउन कार्यक्रमको आयोजना गरेको बताईन ।


नगरपालिकाकी उपप्रमुख शारदा बिष्टको सभाध्यक्ष तथा नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमलाई सहजीकरण नगरपालिकाका नायव सुब्बा गणेश राज उपाध्यायले गरेका थिए ।







