दोधारा चाँदनीमा अन्तर्राष्ट्रिय महिला दिवसमा भब्यताका साथ सम्पन्न


दोधारा । दोधारा चाँदनीमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ऱ्याली तथा बतृत्वकला प्रतियोगिता संम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल कञ्चनपुर, सुआहारा, ईलाका प्रहरी कार्यालय लगाएत संस्थाको सह–आयोजनामा दोधारा चाँदनीमा आज जनचेतनामुलक ऱ्याली र बिविध कार्यक्रम सम्पन्न भएको हो । ‘सामाजिक न्याय र लैगिंक समानता : दिगो बिकासको सुनिश्चता’ नारा सहित दोधारा चाँदनीमा रहेका बिभिन्न संघ–संस्था, बाल क्लव, नेपाल स्काउट, सुरक्षाकर्मी, जनप्रतिनिधी, महिला स्वयम्सेविका, बिद्यार्थी, शिक्षकको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमलाई सभ्यभब्य बनाउन नेपाल स्काउटका स्वयम्सेवकहरु समेत खटिएका थिए । जनचेतनामुलक ऱ्याली अन्तर्गत दोधारा चाँदनी नगरपालिका कार्यालयको मुल गेटबाट निस्केको ऱ्याली दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ मुल सडक खण्ड हुदै गौरा देबि मन्दिर, हेल्थपोष्ट बजार परिक्रमा गरि दोधारा चाँदनी नगरपालिका कार्यालयमा कोण सभामा परिणत भएको थियो । सभामा दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरी रहेका थिए भने प्रमुख अतिथीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार रहेका थिए । अतिथीमा वडा अध्यक्ष, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, बिषयगत शाखाका प्रमुख, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरी, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य सिता भण्डारी, सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, अधिकारकर्मी नन्दा खत्री, मथुरा पन्त रहेका थिए । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संचालन गरिएको बतृत्वकला प्रतियोगितामा शारदा माध्यमिक बिद्यालयका छात्रा राधिका भट्ट, द्धितियमा भानु माध्यमिक बिद्यालयका बबिता खत्री र लक्ष्मी माध्यमिक बिद्यालयका मोनिका साँउद भएका छन् । महिला सशक्तीकरण सम्बन्धी बतृत्वकला प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका ७ वटा माध्यमिक बिद्यालयको एक–एक छात्राको सहभागिता रहेको थियो । प्रथम हुने छात्रालाई रु. २ हजार नगद, द्धितिय हुनेलाई रु. १ हजार ५ सय र तृतिय हुने छात्रालाई रु. १ हजार नगद धनरासी सहित शैक्षिक सामग्री, प्रमाण पत्र प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाले जनाएको छ् । साथै सहभागी बिद्यालयका छात्राहरुलाई समेत शैक्षिक सामग्री तथा प्रमाण पत्र प्रदान गरिएको थियो । महिला दिवस अवसरमा आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 


ताजा समाचार

spot_img