अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दोधारा चाँदनीमा किशोरीहरुलाई माईती नेपालको अनुशिक्षण


दोधारा । ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा दोधारा चाँदनीमा जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले एक दिने अनुशिक्षण सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित ओंमपुष्पाञ्जली बोर्डिङ्ग स्कुलका बिद्यार्थी तथा स्थानिय किशोरीहरुलाई अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा एक दिने कानुनी अनुशिक्षण गरेको हो । अनुशिक्षणमा जोखिममा रहेका किशोरीहरुलाई अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्र नेपाल–भारत खुला सिमा नगरपालिका भएको कारण किशोरीहरु भारतको बिभिन्न सिमावर्ती बजारमा सामान खरिद गर्न तथा ज्याला मजुरी गर्न जाने गरेको कारण मानव बेचबिखनको उच्च जाखिममा रहेको भन्दै ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा स्थानिय किशोरीहरुलाई अनुशिक्षण गरिएको माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले बताएका छन् । ‘सामाजिक न्याय र लैगिंक समानता : दिगो बिकासको सुनिश्चता’ नारा सहित संचालन गरिएको अनुशिक्षण कार्यक्रममा झण्डै ३० जना स्थानिय किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षित संजाल दोधारा चाँदनीका संयोजक खिमा चन्द, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ओंमपुष्पाञ्जली बोर्डिङ्ग स्कुलका प्रधानध्यापक पुष्पा क्षेत्री पुनमगर, ओंमपुष्पाञ्जली बोर्डिङ्ग स्कुलका संस्थापक ओंम बहादुर पुन मगर लगाएत स्थानिय किशोरी, बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो । समाजमा बेचबिखन तथा महिला माथी बढी थिचोमिचोका घट्ना आउदै गर्दा माईती नेपालले महिला माथी हुने थिचोमिचो र बेचबिखन रोक्न किशोरीहरुलाई अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर एक दिने अनुशिक्षण संचालन गरिएको सुरक्षित संजाल दोधारा चाँदनीको संयोजक खिमा चन्दले बताएका छन् । मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अङ्ग भिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको कार्यक्रममा सहभागी किशोरीहरुलाई जानकारी गराईएको बताईएको सुरक्षित संजालका संयोजक चन्दले बताएका छन् । अनुशिक्षणमा सहभागी किशारीहरुले कार्यक्रममा आफु सहभागी हुन पाएको खुशी ब्यक्त गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले संचालन भएको अनुशिक्षण समय सान्द्रभिक रहेका सहभागी किशोरीहरुले बताएका छन् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ भन्ने कार्यक्रममा चित्र मार्फत समेत सचेत गराईएको थियो । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम गाँउ बस्तीमा संचालन गर्न समेत सहभागीहरुले माईती नेपाललाई आग्रह गरेका छन् । माईती नेपाल कञ्चनपुरले नेपाल–भारतको मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको कार्यक्रममा बताईएको छ् ।


ताजा समाचार

spot_img