
दोधारा चाँदनी नगरपालिकामा ११२ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ऱ्याली तथा बतृत्वकला प्रतियोगिता संचालन भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखा कार्यालयको आयोजना र माईती नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) , निड्स नेपाल कञ्चनपुर, सुआहारा, ईलाका प्रहरी कार्यालय लगाएत संस्थाको सह–आयोजनामा दोधारा चाँदनी नगरपालिकामा ‘सामाजिक न्याय र लैंगिक समानता र दिगो बिकासको सुनिश्चता’ नारा सहित ११२ औं अन्तरराष्ट्रिय दिवसको अवसरमा ऱ्याली तथा बतृत्वकला प्रतियोगिता संचालन भएको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालवालिका शाखा शाखा प्रमुख डम्मरा पन्तले जानकारी दिएका छन् ।








