पप्पु गुरुङ्ग, दोधारा । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी गाँउ बस्तीमा अन्तरक्रिया संचालन गर्न थालेको छ् । स्थानिय निर्वाचनमा आफ्नो दलका सबै उम्मेदवारलाई बिजय बनाउन नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी सरह राष्ट्रिय प्रजातन्त्र पार्टी गाँउ बस्तीमा आफ्नो संगठन बिस्तारमा लागेको छ् । दोधारा चाँदनीका सबै वडा तथा टोलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भेटघाट तथा स्थानियहरु संग अन्तरक्रिया संचालन गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ धामी टोलमा राष्ट्रिय प्रजातन्त्र पार्टीले टोल भेला गरि स्थानिय संग अन्तरक्रिया सम्पन्न गरेको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी वडा नं. ८ का वडा अध्यक्ष दिपक कुमार बुढाको सभापतित्वमा संचालन भएको टोल भेलाका प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर जिल्ला उपाध्यक्ष नन्दा खत्री रहेका थिए भने, बिशष्ठि अतिथीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य शान्तीमाया सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ (ख) का अध्यक्ष बिक्रम चन्द, नगर अध्यक्ष बिर बहादुर शाहा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेता प्रेम क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्ग लगाएत नेता, कार्यकर्ता तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।


कार्यक्रममा देश बर्तमान राजनितिक अवस्था र दलहरुले गरेको कार्यको चर्चा गरिएको थियो । बर्तमान अवस्थामा देश बिदेशी शक्तीको ईशारामा दलहरु चल्दै गर्दा देश दुर्घटना तिर गईरहेको बक्ताहरुले औल्याएका छन् । नेपाली काग्रेंस, एमाले माओबादी केन्द्र लगाएत दलहरुले जनताको पिडालाई नबुझेर आफ्नो र आफ्नो कार्यकर्ताको पेट भर्ने कार्य गर्दै आएको पुर्व माननिय ईन्द्र बहादुर खत्रीले आरोप लगाएका छन् । ‘नेपाली काग्रेंस, एमाले, माओबादी लगाएत दलहरुले देशलाई दुर्घटना तिर धकेलेको छ् । देशको अवस्था दिनदिनै जरजर बन्दै आएको अवस्थामा देश बचाउने पार्टी एक मात्रै राप्रपा हो’ राप्रपाका नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताए । देशलाई अबका दिनमा राप्रपाको आवश्यता रहेको हुदा देशमा राप्रपामा प्रबेश गर्ने लहर आएको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा बिकासको नाउमा कमाउने काम भईरहेको र दोधारा चाँदनीमा राप्रपाको जनलहर बढ्दै गएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा आफ्ना उम्मेदवारलाई बुहमतले बिजय हुनेमा आफु ढुक्क भएको नेता गुरुङ्गको दाबी छ् ।







