‘चुनावमा तल्लो तहको जनधार मानिएको टोल समिति हुने भएकाले चुनाव लक्षित र चुनावीको तयारीका लागि टोल समिति बनाउने कार्य भईरहेको काग्रेंस नेतृ उपाध्यायको भनाई रहेको छ् । नेपाली काग्रेंसमा गोपाल भट्ट, नाफु सिंह साँउद, मदनलाल सुनार, जंग बहादुर चन्द, डम्मर चन्द लगाएत नेताको मेयर पदमा दाबी हुन सक्ने प्रबल संकेत छ् । काग्रेंसका सशक्त नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानालाई कार्यकर्ताहरुले मेयर पदमा टिकट लिन दबाब श्रजना गर्दै आएका कार्यकर्ता श्रोतको दाबी छ् । गएको प्रदेश सभा निर्वाचनमा नेता राना प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । आसन्न स्थानिय निर्वाचनको लागी आफूहरुको ध्यान चुनाव जित्ने तर्फ रहेकाले चुनाव केन्द्रित जनमत सृजना गर्ने गरि टोल वस्तीमा तयारी गरिदै आएको दलका नेताहरुले बताउदै आएका छन् । दोधारा चाँदनीमा सबै दलहरुले आफ्नो संगठन बैचारिक र सैद्धान्तिक पक्षलाई जोड दिदै पार्टीको जिम्मेवारीमा समावेशीतालाई आधार बनाएर युवा, महिला, दलित, आदिवासी जनजाती समुदायको सहभागीतामा जोड दिएको छन्’

पप्पु गुरुङ्ग, दोधारा । स्थानीय तहको निर्वाचनको मिति घोषणा संगै केही समय देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सक्रिय प्रमुख राजनीतिक दलहरु चुनावी संगठन निर्माणमा जुटेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकिकृत समाजवादी दोधारा चाँदनी नगरपालिकाको वडा तहका टोल सम्म चुनाव केन्द्रित संगठन निर्माणमा केन्द्रीकृत हुन थालेका छन् । जनाधार भएका राजनीतिक दलहरु स्थानिय तहको चुनाव हुने चर्चा संगै चुनाव केन्द्रित संगठन निर्माण गर्न दलका झण्डा बोकेर टोल वस्तीमा पस्दै आएका छन् । प्रमुख राजनीतिक दलहरु पछिल्लो समय टोल–टोलमा संगठन निर्माणमा सक्रिय देखिएका छन् । आफ्ना समर्थकहरुलाई सबै भन्दा तल्लो इकाई बाटै परिचालन गर्ने गरी दलहरुले आफ्नो सक्रियता बढाएका हुन । दोधारा चाँदनी नगरपालिकाका १० वटै वडाका ग्रामिण बस्ती सम्म पुग्ने गरी दलहरुले आफ्नो सक्रियता बढाउदै आएका देखिन्छन् । दोधारा चाँदनीमा नेपाली काग्रेंसको झण्डै ७ सय ३० क्रियाशिल सदस्य रहेको छ् । नेपाली काग्रेंसले नगर क्षेत्रमा क्रियाशिल सदस्यहरुलाई आ–आफ्नो वडाका टोल वस्तीमा पार्टीका कार्यकर्तालाई सक्रिय रुपमा पार्टी कामको जिम्मेवारीमा राख्न टोल समिती गठन तथा भेला गर्दै आएको छ् । वडा तथा टोलमा क्रियाशिल सदस्य बाहेका पार्टीमा योगदान पुर्याएका कांग्रेसका समर्थक शुभचिन्तकलाई समेत पार्टीमा जिम्मेवारी दिन टोलमा राख्ने गरिएको नेपाली काग्रेंसका नेतृ कमला उपाध्याय्ले बताएका छन् । आउदो २०७९ बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा कांग्रेसलाई नगरपालिकाका सबै वडाबाट सबै पदमा विजयी गराउन समेत चुनाव केन्द्रित संगठन बिस्तार थालिएको उनले बताए । चुनावमा तल्लो तहको जनधार मानिएको टोल समिति हुने भएकाले चुनाव लक्षित र चुनावीको तयारीका लागि टोल समिति बनाउने कार्य भईरहेको काग्रेंस नेतृ उपाध्यायको भनाई रहेको छ् । नेपाली काग्रेंसमा गोपाल भट्ट, नाफु सिंह साँउद, मदनलाल सुनार, जंग बहादुर चन्द, डम्मर चन्द लगाएत नेताको मेयर पदमा दाबी हुन सक्ने प्रबल संकेत छ् । काग्रेंसका सशक्त नेता तथा तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानालाई कार्यकर्ताहरुले मेयर पदमा टिकट लिन दबाब श्रजना गर्दै आएका कार्यकर्ता श्रोतको दाबी छ् ।


गएको प्रदेश सभा निर्वाचनमा नेता राना प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा काग्रेंसका दरिलो नेताकोरुपमा परिचित छन् नेता राना । यस्तै झण्डै ६ सय संगठित सदस्य रहेको नेकपा एमालेले वडा देखि टोल कमिटि भेला तथा संगठन बिस्तार गरिसकेको छ् । चाडै टोल तथा वडामा निमार्ण भएका कमिटिलाई प्रशिक्षण संगै नगर स्तरिय अनेम संघ गठन कार्य समेत अघि बढाउने तरखरमा एमाले देखिन्छ् । पार्टीलाई तल्लो तह सम्म जिवन्त राख्न टोल कमिटी गठन कार्यमा एमाले कडा मेहनत गरेको छ् । टोल कमिटी बनाएर एमालेका कार्यकर्ताहरुलाई संगठनमा जिम्मेवारी दिएर जनताका माँझमा पार्टीलाई थप स्थापित गराउने लक्ष्य लिएको नेकपा एमालेका नेता राजिव खड्का बताउछन् । आउने स्थानिय तहको चुनावमा एमालेका उम्मेदवारलाई दोधारा चाँदनी नगरपालिकाका सबै वडा तथा मेयर तथा उपमेयर पदबाट विजयी गराउने योजना सहित आफूहरु अगाडि बढेको नेता राजिव खड्काको भनाई रहेको छ् । नेकपा एमालेमा मेयर पदका लागी किशोर कुमार लिम्बु, ओंम बस्नेत, चिनी ओझा गिरी, हर सिंह धनाडी, राजिव खड्का लगाएका नाउ आकांक्षीमा आउन सक्ने एक आंकलन गरिन्छ् । दोधारा चाँदनी क्षेत्रमा गएको स्थानिय निर्वाचनमा नेता किशोर कुमार लिम्बु मेयर पदका उम्मेदवार हुन् । यस पटक पनि नेकपा एमालेमा नेता लिम्बुले पार्टीबाट मेयर पदको टिकट पाउने सम्भावना पनि प्रबल रहेको कार्यकर्ताहरु आंकलन गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको स्थानिय निर्वाचनमा तेस्रो दलकोरुपमा स्थापित नेकपा माओबादी केन्द्रले स्थानिय निर्वाचनलाई लक्षित वडा तथा टोल भेलामा कार्यक्रम अघि बढाएको छ् । नेकपा माओबादी केन्द्रमा नगर कमिटि गठन कार्यको बिबाद साम्य भएको देखिन्न् । बिबाद श्रजना भईरहदा समेत माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकाको वडा तथा टोलमा भेला तथा भेटघाट कार्यलाई तिब्रता दिदै आएको छ् । नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले पार्टीमा सामान्य बिबाद भएको बताएका छन् । ‘चाडै साम्य गछौं’ नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले भने । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेकपा माओबादीले आसन्न स्थानिय निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत वडा तथा टोल भेलालाई निरन्तरता दिएको उनले बताएका छन् । नेकपा माओबादी केन्द्रबाट अहिले सम्म भिम कुमाल, भरत भट्ट लगाएतले मेयर पदमा दाबी गर्ने सम्भावना रहेको माओबादी बृतमा देखा परेको छ् । भिम कुमाल र भरत भट्ट माओबादी केन्द्र दोधारा चाँदनीमा सशक्त नेता मानिन्छन् । सामाजिक कार्यले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा चिनिएका नेता कुमालको संगठन बिस्तारमा पोख्त मानिन्छन् । यस्तै गएको स्थानिय निर्वाचना दोधारा चाँदनीमा चौथो दलकोरुपमा देखा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिगतका दिनहरुमा भन्दा यस पटकको स्थानिय निर्वाचनमा सशक्तरुपममा प्रस्तुत हुने योजनामा छ् । झण्डै ३ सय ५० क्रियाशिल सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आफ्ना नेता राजेन्द्र लिङ्देनको कञ्चनपुर आगमन संगै दोधारा चाँदनीको वडा तथा टोलमा चुनावी अभियानकोरुपमा भेला तथा संगठनलाई थप मजुबुत बनाउदै जाने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् । पार्टीमा नेता राजेन्द्र लिङ्देनको आगमान पछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नयाँ लहरको थालनी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीको दाबी छ् । राप्रपामा भगिरथ भट्ट, नन्दा खत्री, बिर बहादुर शाह, तमान सिंह गुरुङ्ग लगाएत नेताहरुले मेयर पदका दाबी गर्न सक्ने प्रवल सम्भावना रहेको बताईन्छ् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादीले नयाँ संरचना सहितको संगठन निमार्णलाई आधार बनाएर दोधारा चाँदनीको सबै वडामा संगठन विस्तार अभियान सकेर अहिले चुनावी अभियानमा लागेको छ् । नेकपा एकिकृत समाजवादी र नेकपा माओबादी केन्द्र गठबन्ध गरि स्थानिय निर्वाचनमा उम्मेदवारी दिने हल्ला पनि त्यत्तीकै चर्चामा छन् । आसन्न स्थानिय निर्वाचनको लागी आफूहरुको ध्यान चुनाव जित्ने तर्फ रहेकाले चुनाव केन्द्रित जनमत सृजना गर्ने गरि टोल वस्तीमा तयारी गरिदै आएको दलका नेताहरुले बताउदै आएका छन् । दोधारा चाँदनीमा सबै दलहरुले आफ्नो संगठन बैचारिक र सैद्धान्तिक पक्षलाई जोड दिदै पार्टीको जिम्मेवारीमा समावेशीतालाई आधार बनाएर युवा, महिला, दलित, आदिवासी जनजाती समुदायको सहभागीतामा जोड दिएको छन् ।







