दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा माओबादी केन्द्रका नेता तथा नेकपा माओबादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष भिम कुमालले स्थानिय तह निर्वाचन तयारी थालेपछि अन्य दलका नेता कार्यकर्ता नेकपा माओबादीमा प्रबेश गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिकाको बिभिन्न वडा तथा टोलमा आसन्न स्थानिय निर्वाचन लक्षित संचालन गर्दै आएको नेकपा माओबादी केन्द्रले पार्टी प्रबेश गर्नेको संख्यामा लहर जागेको नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले बताएका छन् । ‘पार्टीबाट बाहिर गएका, रुष्ठ भएका तथा अन्य नेता दलका कार्यकर्तालाई पार्टी प्रबेश गर्ने अभियानमा हामी लागेका छौं’ नेकपा माओबादी केन्द्रका नेता भिम कुमालले भने – ‘पार्टीलाई बलियो बनाउदै लगेका गएका छौं ।’ उनले त्यसका लागि अहिले पार्टी, जनसंगठन सबै परिचालन गरी अघि बढेको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १, २ र ७ वडामा वडा भेला सम्पन्न भईसकेको र भेलामा माओबादी प्रबेश गर्नेको जनलहरले आफु निकै उत्साहित बनेको उनको भनाई रहेको छ् ।


आजै दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७ स्थित पुटपुटेघारीमा समेत टोल भेला सम्पन्न गरेको उनले बताए । बिगतका दिनहरमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्यमा प्रखर देखिदै आएका भिम कुमालको कारण दोधारा चाँदनी नगरपालिकामा माओबादीमा प्रबेश गर्नेको लहर ल्याएको माओबादी केन्द्र दोधारा चाँदनीका बरिष्ठ नेता तथा नेकपा मओबादी केन्द्र कञ्चनपुर पुर्व जिल्ला सल्लाहकार सदस्य धन बहादुर दमाईले बताएका छन् । नेता भिम कुमाल दोधारा चाँदनी नगरपालिकामा माओबादी केन्द्रको नेतृत्व हाँक्ने सक्ने, दुरदर्शी र चुनावी रणनीति पोख्न नेता भएको नेता धन बहादुर दमाईको ठहर छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको पहिलो लहर देखिनै सामाजिक कार्यमा सक्रिय रहेकै कारण नेता कुमाल प्रति जनचाँसो बढेको उनको भनाई रहेको छ् । नेकपा माओबादी केन्द्रले दोधारा चाँदनी नगरपालिकामा संचालन गरेको वडा तथा टोल भेला कार्यक्रममा झण्डै वडामा एक सय भन्दा बढी वडाका पुराना नेताहरुलाई सम्मान गर्नुको साथै ३ सय भन्दा बढी ब्यक्ती अन्य दल परित्याग गरि नेकपा माओबादीमा प्रबेश गरेको माओबादीका अर्का नेता टेक बहादुर सुनारले बताएका छन् । ‘हामीले संचालन गर्दै आएको वडा तथा टोल भेलामा उल्लेखनिय स्थानियहरुको जमघटले हामीलाई उत्साह थपेको छ्’ नेता टेक बहादुर सुनारले भने । माओबादी केन्द्रले दोधारा चाँदनीमा स्थानिय निर्वाचनलाई मध्यनजर राख्दै वडा तथा टोल भेलालाई थप तिब्रता दिने बताएको छ् । वडा तथा टोल भेला सम्पन्न पछि समिक्षा बैठक गर्ने योजना गर्ने निर्णय भएको बताईएको छ् ।







